४० लाख बढीको हार्डवेयर तथा खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

बीरगंज । पर्सा प्रहरीले ४० लाख मूल्य भन्दा बढीको भन्सार छली भारतबाट भित्र्याइएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा खुद्रा माल वस्तुहरू लोड गरी जनकपुर लादै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडक खण्डमा ना.३ ख ४३५९ नम्बरको मालवाहक ट्रक रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएका हार्डवेयर तथा खुद्रा मालवस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

नियन्त्रणमा लिएको ट्रक र हार्डवेयर तथा खुद्रा मालवस्तुको ४० लाख मूल्याङ्कन गरी थप कारबाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी खनालले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/18032

Previous articleव्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनुस् : प्रधानमन्त्री  
Next articleनेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।