खाद्य र पर्यावरण सुरक्षाका लागि जलविद्युत तथा ऊर्जामा लगानी गर्नुपर्ने

काठमाडौँ । खाद्य र पर्यावरण सुरक्षाका लागि जलविद्युत तथा ऊर्जामा लगानी र प्रयोगको आवश्यकता रहेको सम्बन्धित विज्ञहरूले बताउनुभएको छ । 

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ–आइयूसीएनले ललितपुरमा आज आयोजना गरेको कार्यशालामा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनको असर कम गर्न, वातावरण तथा खाद्य सुरक्षाका लागि जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन, प्रयोग र भण्डारण गर्नुपर्नेमा जोड दिनुभयो । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले नेपालमा ८ प्रतिशत विद्युत् र ९२ प्रतिशत अन्य ऊर्जाको प्रयोग भएकोले आर्थिक विकास, सहज जीवनयापनका लागि ऊर्जाको सबै स्रोतहरूको प्रयोग जरुरी रहेको औँल्याउनुभयो । 

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रमेश मास्केले खाद्य, जल र ऊर्जा अन्तरसम्वन्धित भएकोले यसको संकट र सुरक्षामा ध्यान पुर्‍याउनु पर्ने बताउनुभयो ।  

कार्यशालामा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । 

https://ujyaalonepalnews.com/archives/18385

Previous articleऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण
Next articleश्रममन्त्री श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशकको भेटवार्ता, आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।