काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विशेष परिस्थितिमा आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेकोले जनतालाई सकारात्मक परिवर्तनको अनुभूति हुने गरी पूर्ण प्रतिबद्धता र इमानदारी साथ कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाको साथै नेपाल आयल निगमको वर्तमान अवस्था र कार्य प्रगतिबारे जानकारी लिनुहुँदै मन्त्री बडूले मन्त्रालय अन्तर्गत रहेका सबै संस्थान तथा उद्योगहरूको अवस्था सुधारका लागि तत्काल गर्न सकिने योजना बनाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

मन्त्रालय अन्तर्गतका सबै संस्थान, उद्योग तथा विभागहरूको जबाफदेहिता मन्त्रालयले नै बोक्नुपर्ने भएकोले संस्थान, उद्योग तथा विभागहरूको सुधारका लागि निरन्तर आवधिक प्रगति विवरण लिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
मन्त्री बडूले शुक्रवार नै नेपाल आयल निगमको बारेमा पनि जानकारी लिनुभएको थियो ।
https://ujyaalonepalnews.com/archives/18580


