थप १३ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना रहेका छन् । २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/18621

Previous articleशाक्यमुनि बुद्धको ६ फुटको प्रतिमा अनावरण
Next articleमनाइयो चैतेदशैँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।