सौराहाचोकमा खुल्यो चितवन रोधी घर

रत्ननगर- रत्ननगरको सौराहाचोकमा आज बिहिबारबाट चितवन रोधी घर संचालनमा आएको छ । रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले रिवन काटेर रोधी घरको औपचारिक शुभारम्भ गरेकी हुन् । सौराहाचोकको साहार सुपर मार्केटमा रहेको रोधी घर चिम्नी मल्टी कुजिन रेष्टुरेण्ट एण्ड बारको ब्यवस्थापनमा संचालनमा ल्याइएको हो ।

रोधी घरको उद्घाटन गर्दै नगर उपप्रमुख दुवाडीले सफलताको कामना गर्दै पछिल्लो समय दोहोरीमा देखीएको विकृतिलाई ख्याल गर्दै चितवन रोधी घरमा मनोरञ्जन संगै चेतनामुलक दोहोरीमा विशेष जोड दिन संचालकलाई सुझाव दिईन् । ६० लाख भन्दा वढीको लगानी रहेको रोधी घरमा ५ गतेसम्म राष्ट्रिय स्तरको कलाकारको प्रस्तुति रहने संचालक चिरञ्जीवी पाण्डेले जानकारी दिए । पाण्डेले रोधी घर हरेक दिन साझँ ६ बजेदेखी राती १२ बजेसम्म संचालन हुने बताए । रोधी घरमा ५ गतेसम्म अस्मिता डल्लाकोटी,एलिना विक,सुमन थापा मगर,विशाल रायमाझी,आसा विसी लगायतका कलाकारको प्रस्तुति रहने छ ।

चिरञ्जीवी पाण्डेसंगै शिवराज पाण्डे र कृष्ण काजीको संयुक्त लगानी रहेको रोधी घरको उद्घाटन कार्यक्रममा साहारा सुपर मार्केटकी संचालीका विरञ्जना घिमीर,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान चितवन शाखाका उपाध्यक्ष कृष्ण भट्टराई,सामाजीक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे,पुर्वि चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/18855

Previous articleकाभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ
Next articleकर्णालीमा चुनावमा भाग लिने दलको सङ्ख्या कम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।