चितवन । पार्टी माओवादीकरण भएको भन्दै भरतपुरका ५० जना कांग्रेस नेता कार्यकर्ताले समूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।
स्थानीय अगुवा प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको हो । पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । उनिहरुले पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको आरोप लगाएका छन् ।
https://ujyaalonepalnews.com/archives/18916


