चितवन, बैशाख ७ । रत्ननगर- १० भानुचोकमा भारतिय ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने एक जना घाईते भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीका अनुसार पूर्वबाट पश्मितर्फ जादै गरेको BR 06 GD 8672 भारतिय नम्बरको ट्रकले रत्ननगर- १० भानुचोकमा डेरा गरी बस्ने साइकलमा सवार १६ वर्षिय बालक सौगात अलि र साईकलमा पछाडी बस्ने ५ वर्षिय बालक प्रिन्स परियारलाई ठक्कर दिएको हो ।

ट्रकले ठक्कर दिएको ५ वर्षिय बालक प्रिन्स परियारलाई भरतपुर अस्पताल पुर्याएर चेक गर्दा अस्पतालले मृत घोषित गरेको र अर्का घाईते साईकल चालक १६ वर्षिय बालक सौगात अलिको पुरानो मेडिकल कलेजमा उपचार भईरेको डिएसपी अधिकारीले जानकारी दिए ।
ट्रक र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।
https://ujyaalonepalnews.com/archives/19067


