चितवनका सबै पालिकामा गठबन्धनको भागबण्डा मिल्यो, कसले कुन पाउने ? हेर्नुहोस् पूर्ण विवरण

८ वैशाख, चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।

भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ ।

कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउनेछ ।

माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेसको भागमा परेको कालिका, रत्ननगर र खैरहनी यसअघि एमालेले जितेका पालिका हुन् ।

इच्छाकामना गाउँपालिकाको उपप्रमुखमा माओवादीले दाबी गरिरहेको छ । तर कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने जनाए ।

उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी छ । बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने कांग्रेस जिल्ला सभापति खनालले जनाए । उनले पालिकाको नेतृत्व टुंगो लगाएपछि वडाहरुमा समेत भागबन्डा गरेर सहमतिमा पुग्ने बताए ।

चितवनमा सत्ता गठबन्धन दलहरुको समिति बनाइएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा चुनावी तालमेल र सिट बाँडफाँट समिति बनेको हो ।

समितिमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका इन्चार्ज कृष्ण खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा माओवादी केन्द्रका यमबहादुर परियार, नेकपा समाजवादीका सूर्यप्रसाद शर्मा र नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल सदस्य रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/19093

Previous articleबङ्गुरपालनबाट मनग्य आम्दानी
Next articleनिर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।