उज्यालो नेपाल, वैशाख १३- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा नेकपा माओवादीको तर्फ बाट वडाध्यक्ष पदको लागी बुद्धिमान गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । गुरुङले रत्ननगर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
गुरुङ संगै खुल्ला तर्फको सदस्य पदको लागी एलिन गुरुङ (महाविर) र दिल बहादुर घिसिंग, महिला तर्फको सदस्य पदको लागी रुपा भट्ट र दलित महिला तर्फको सदस्य पदको लागी रिता कुमारी वि.कले पनि निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन् ।

https://ujyaalonepalnews.com/archives/19348


