उज्यालो नेपाल, वैशाख २४– स्थानिय निर्वाचन नजिकिंदै गर्दा नेकपा एमाले रत्ननगरले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । यसै क्रममा एमाले रत्ननगर वडा नं. ७ ले पनि घरदैलोलाई तीब्रता दिएको छ । शनिवार भएको घरदैलोमा स्थानियको उत्साहजनक सहभागिता थियो ।
घरदैलोमा मेयर पदका उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादवप्रसाद पाठक, वडा अध्यक्षका उम्मेदवार सजना महतो, सदस्यहरु सुर्य बहादुर तामांग, कुलप्रसाद आचार्य, जानकी चौधरी, माईली सुनार लगाएत नेताकार्यकर्ताहरु घर–घर बस्ती बस्तीमा पुगेर मतदातासंग भोट मागेका छन् ।
चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदकी उम्मेदवार बिमला दुवाडीले कृषकहरुको सधैं समस्याको रुपमा रहने मल, बीउ, र किटनासक औषधिको व्यवस्था गर्नका लागि नगरपालिका भित्र रहेका सहकारी एबं एग्रोभेट हरुसंग सहकार्य गरि उचित व्यवस्था मिलाउने, कृषि सामग्रीमा अनुदानको व्यवस्था गर्ने, “एमालेको सरोकार एक घर एक रोजगार” को संकल्पलाई साकार पार्नका लागि नगरले बिशेष कार्यक्रम ल्याउने बताईन् ।
त्यस्तै कार्यक्रममा उपमेयर पदका उम्मेदवार यादब पाठकले भूमिको खण्डिकरण रोक्नका लागि भूमिलाई कृषि, उद्योग, बस्ति विकास गरी तीन तहमा छुट्टयाइएर छुट्टै ऐन बनाइने, सुकुम्बासीहरु अहिले बसी राखेको थात थलो बाट उठ्न नपर्ने गरि दीर्घकालीन उपाय खोज्ने जस्ता प्रतिबद्धता व्यक्त गरे ।
https://ujyaalonepalnews.com/archives/19834


