नवराजपुरको अध्यक्ष र उपाध्यक्षमा जसपा

सिरहा- सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले दुई हजार ५२५ मत ल्याउनुभएको निर्वाचन अधिकृत दिनेशकुमार न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा जसपाकै पुनम यादव चार हजार ३१८ मतसहित निर्वाचित हुँदा कांग्रेसका शोभाकुमारी यादवले दुई हजार ३८५ मत प्राप्त गर्नुभयो । यसैगरी सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका सत्यनारायण यादव दुई हजार १५८ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा जसपाका गीतादेवी सिंह दुई हजार २७२ मत ल्याएर विजयी हुदाँ उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रकला कुमारी यादवले एक हजार ९६९ मत ल्याउनुभयो ।

https://ujyaalonepalnews.com/archives/20302

Previous articleबागलुङ नगरप्रमुखमा श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी
Next articleरत्ननगर नगरपालिका वार्ड नं ११ को अपडेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।