रत्ननगर १५ र १६ को पनि गणना सुरु हुँदै

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा वडा नं. १५ र १६ को पनि मतगणना सुरु भएको छ। जेठ ५ गते बिहानै ७ बजेदखि दुवै वडाको मतगणना सुरु गरिएको हो । रत्ननगर १५ मा कुल ३१५५ र वडा नं. १६ मा कुल २२६८ मत खसेको छ ।

रत्ननगरमा हाल सम्म १ देखि १२ सम्मका सबै वडाहरुको नतिजा आईसकेको छ । नतिजा आएका मध्ये वडा नं. १,२,३,४,५,६,८ र १० गरि ८ वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । त्यस्तै वडा नं. ७ र ११ गरि जम्मा २ ओटा वडामा नेकपा एमाले विजयी भएको छ ।

यसै गरि वडा ९ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने वडा न. १२ मा माओवादी केन्द्रले विजय हासिल गरेको छ । यतिबेला वडा नं. १३,१४,१५,र १६ को गणना जारी छ ।

https://ujyaalonepalnews.com/archives/20349

Previous articleभारतीय कामदारले बर्षेनी १५ अर्बको हाराहारीमा रेमिटेन्स लग्दै
Next articleवडा नं. १६ को १०० मत गणना गर्दा आएको नतिजा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।