आ. व. २०७९-८० को बजेट आज प्रस्तुत गरिंदै, १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी

काठमाडौं- आगामी आर्थिक बर्ष २०७९/८० का लागि सरकारले आज बजेट प्रस्तुत गर्दैछ । आज बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ ।

सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यसैगरि आयात प्रतिस्थापन, औद्योगिक उत्पादनसंगै कृषिको उत्पादन वृद्धिलाई समेत बजेट मार्फत् सम्बोधन गर्ने तयारी सरकारले गरेको छ ।

हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्ने संवैधानिक प्रावधान छ । यसअघि सरकारले हिजो प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेको थियो ।

सर्वेक्षणमा चालु आर्थिक बर्षको शुरुको नौ महिनामा मुलुकको विभिन्न क्षेत्रमा भएको काम कारवाही तथा आर्थिक गतिविधिका तथ्याङ्कहरु समेटिएको छ । साथै सर्वेक्षणले चालु आर्थिक बर्षको अन्त्यसम्ममा मुलुकले हासिल गर्ने उपलब्धीको अनुमान समेत प्रस्तुत गर्ने गरिएको छ ।-

https://ujyaalonepalnews.com/archives/20748

Previous articleकिसानलाई धानको बीउको पिरोलो
Next articleगणतन्त्र दिवस मूल समारोहमा राष्ट्रपति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।