हराइरहेको तारा एयरको जहाजमा एकै परिवारका सात जना

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ।

उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।

https://ujyaalonepalnews.com/archives/20849

Previous articleआयकरको सीमा बढ्यो
Next articleतारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।