तलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

कर विवादका कारण राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। पटवालले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजपछि लागू हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा राजीनामा बुझाएका हुन्।

पटवालले लिने तलवमा कर कस्ले तिर्ने भन्ने विवाद रहँदै आएकाे छ। मासिक ७ हजार डलर तलब पाउने पटवालले २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो। यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट थिए। उनले यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोतको दाबी छ।

पटवाललाई गतवर्ष आईसीसी र राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकको रुपमा जिम्मेवारी दिएका थिए। उनलाई  एसीसी टि ट्वान्टी ईस्टन रिजनसम्मकाे लागी टाेली सम्हाल्न आग्रह गरिएकाे नेपाल क्रिकेट संघ (क्यान) स्राेतले जनाएकाे छ।

२०७४ को फागुनमा जिम्बाबेमा भएको युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल नेपाली टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका थिए। सो भ्रमणमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएका थियो।

प्रशिक्षकको रुपमा पटवालले सिंगापुरमा भएको टी–२० विश्वकपको एसिया छनोटका नेपाली टिमको जिम्मेबारी सम्हालेका थिए।

अलैँची मूल्यमा भारी गिरावट

Previous articleमनाङको अपराजित यात्रामा पूर्णविराम
Next article‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।