
सिन्धुपाल्चोक।गत साल असार र साउनको बाढीले निर्माणगरे लगत्तैको पक्किपुल बगाएपछी तुइनमा झुन्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाल, लगायतका हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुलबने पछि अब तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु नर्पने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । यो पुल नबन्दासम्म त्यहाँका स्थानीय बासिन्दाहरू तुइनमा झुन्डिएर मेलम्चिखोला वारपार गर्न बाध्य थिए ।
उक्त नाकोते टेजा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाल, लगायतका बस्तीहरूमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार गत साल असार र साउनको बाढीले निर्माणगरे लगत्तैको पक्किपुल बगाएपछी ती बस्तीहरूमा तुइनको सहाराले मानिसहरू आवतजावत गरिरहेका थिए ।
स्थानीय बासिन्दाका साथै मुलुककै नमुनाको रुपमा चिनिने मेलम्चिघ्याङ्ग माध्यमिक विद्यालय समेत रहेको मेलम्चिघ्याङ्ग बस्तीमा टाढा टाढाका साना नानिबाबुहरुलाई विद्यालय आउनजान कठिनाइ परेकोले यसलाई प्राथमिकतामा राखी ३ महिनामा निर्माणकार्य सम्पन्न गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
‘अब तुइनको जोखिम यात्रा गरेर मेलम्चिखोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु।’ शेर्पाले भन्नुभयो ।यस बर्षपनि बाढीले पुर्याउन सक्ने क्षतिप्रति हामी सचेत छौँ ।’
शेर्पाका अनुसार उक्त पुल निर्माण पश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभई मेलम्चीघ्याङ्गको बाटो बाट ठाडेपाटी हुँदै गोसाईंकुण्ड सम्म जाने तीर्थ यात्री र पर्यटकको लागी सहज भएको छ ।
https://ujyaalonepalnews.com/archives/21087


