पोखराको अन्नपूर्ण केबलकारमा विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुट

पोखरा । पोखराको लेकसाईड बाट सराङकोट सम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारले विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुटको व्यवस्था गरेको छ । फेवाताल, पोखरा तथा प्राकृतिक छटाको दृश्य हेर्दै यात्रा गराउने अन्नपूर्ण केबलकारले टिकटमा विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुट दिने भएको हो ।

प्लस टु परीक्षामा सहभागी भएका विद्यार्थीले ५० प्रतिशत छुटको व्यवस्था र नव विवाहित जोडीले १ टिकट खरिदमा अर्को टिकट सित्तैमा पाउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । विद्यार्थीको छुट पाउन यस वर्ष परीक्षामा सामेल भएको प्रवेश पत्र देखाउनुपर्ने छ भने नव विवाहित जोडीले आफ्नो विवाह कार्ड देखाउनुपर्ने छ । यो अफर विद्यार्थीहरूको लागि असार ३ र नव विवाहित जोडीको लागि असार मसान्तसम्म लागु हुनेछ ।

पोखराको अन्नपूर्ण केबलकार गत वर्ष चैत १ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । केबलकारमा ८ जनाको सिट क्षमता रहेका १७ गण्डोला र सामान ओसारपसार गर्ने १ गरी १८ वटा गन्डोला जडान गरिएको छ । केबलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८ सय २४ मिटरको उचाइमा र टप स्टेसन १ हजार ५ सय २३ मिटरमा छन् ।

https://ujyaalonepalnews.com/archives/21228

Previous article‘चन्द्रागिरिमा साइलक ट्रेलको विकास र विस्तार गरिने’
Next articleदुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।