सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारले रोजगारी सृजना तथा आर्थिक समृद्धि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको छ । 

यसैगरी, प्रदेश गौरवका आयोजना, गरिब निवारण, उद्यमशीलता, स्वरोजगार, प्राविधिक विश्व विद्यालय सञ्चालन, लगानी मैत्री वातावरण, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री बस्ती विकास कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक कार्यक्रम लगायत नीति तथा कार्यक्रममा समेटिएका छन् । 

प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट ल्याउने तयारी गरेको छ ।

https://ujyaalonepalnews.com/archives/21244

Previous articleपुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
Next articleएकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।