मुलुकको शोधनान्तरण स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो दश महिनामा मुलुकको शोधनान्तरण स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । शोधनान्तर अवस्था थप बिग्रिँदा सरकारको चालु खाता अझै घाटामा गएको छ । समीक्षा अवधिमा सरकारको चालु खाता ५४७ अर्ब ३६ करोड रुपैयाँ नोक्सानीमा छ ।

वैशाखमा रेमिटेन्सको आप्रवाह भने केही बढेको छ । रेमिटेन्स नेपाली रुपैयाँमा ०.२ प्रतिशत बढेको छ भने अमेरिकी डलरमा भने रेमिटेन्स साढे एक प्रतिशत अधिक घटेको छ । अमेरिकी डलरमा रेमिटेन्स ६ अर्ब ७६ करोड कायम भएको छ । दस महिनामा नेपालमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

चालु आर्थिक वर्षको दश महिनामा निर्यात ५९.८ प्रतिशतले वृद्धि हुँदा आयात २८ प्रतिशतले बढेको छ । यसले व्यापार घाटा २४.९ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

https://ujyaalonepalnews.com/archives/21453

Previous articleव्यवसायीलाई समस्यामा पार्न खोजेको होइन : अर्थमन्त्री
Next article१० महिनामा भित्रियो आठ खर्ब ११ अर्ब विप्रेषण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।