देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

 

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ ।

जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भन्नुभयो, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।”

https://ujyaalonepalnews.com/archives/21816

Previous articleसञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ
Next articleविशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।