आन्तरिक हवाई भाडा वृद्धि

काठमाडौं- नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै संघले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।

सङघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपियाँदेखि अधिकतम ८४० रुपियाँसम्म वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा ८४० रुपियाँले भाडा बढ्नेछ ।

बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम १६ हजार ८०५ रुपियाँ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौं–सिमरामा ७० ले भाडा बढेर जम्मा ४ हजार १९५ रुपियाँ पुगेको छ । नेपाल आयाल निगमले आइतबार पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपियाँ बढाएको थियो ।

https://ujyaalonepalnews.com/archives/21837

Previous articleखाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नहुने
Next articleपाण्डे पुर्पक्षका लागि थुनामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।