पाल्पाको निस्दीमा २७ जना असल बुहारी सम्मानित

पाल्पा- पाल्पाको निस्दी गाउँपालिकाले असल बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले वडा नं.४ , मित्यालका २७ जना असल बुहारीलाई सम्मान गरेको हो ।

पछिल्लो समय ग्रामीण बस्तीमा युवापुस्ता नबस्ने समस्या रहेको समयमा यहाँ बुहारीले परिवारको जेष्ठ नागरिक तथा सासु, सासुरालाई राम्रोसँग हेरचाह गरेको भन्दै उनीहरुलाई सम्मान गरेको निस्दी गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष सन्तवीर सुनारीले बताउनुभयो ।

सम्मानित असल बुहारीहरुलाई कपडा र सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पछिल्लो समय धेरै बुहारीहरु गाउँ छोडेर शहर झर्ने प्रवृत्ति बढेको बताउनुहुँदै समाजमा असल बुहारीको खाँचो रहेको बताउनुभयो । यसरी गाउँमै बसेर परिवार र समाजका लागि सहयोग गर्ने बुहारीहरु उदाहरणको पात्र भएको हुँदा स्थानीयले बताएका छन् ।-

https://ujyaalonepalnews.com/archives/21846

Previous articleनागरिकता नहुँदा ८८ वर्षीया वृद्धा सामाजिक सुरक्षाभत्ताबाट बञ्चित
Next articleएसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।