भन्सार छली ल्याइएका लाखौँको सामान बरामद

जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली ल्याइएका डेढ लाख भन्दा बढीको लत्ताकपडा पक्राउ गरेर जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।

धनुषाको डेवडिहा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अकौरा खिरखिरीया सडक खण्डमा बेवारिसे रुपमा फेला परेको महिला तथा बालबालिकाले लगाउने कपडाहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभएको छ ।

बरामद गरिएको कपडाको मूल्य १ लाख ६७ हजार ७ सय बराबरको रहेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीले विगत केही समयदेखि भारतबाट भन्सार छली ल्याइएका सरसामान पक्राउ गर्ने क्रमलाई निरन्तरता दिँदै कडाइ गरिरहेको छ ।

भारतबाट भन्सार छली सामान ल्याउने क्रम बढेको र धनुषा प्रहरीले पनि सक्रियता बढाएका कारण चालु आर्थिक वर्षको ११ महिनामा करिब पाँच करोडको सामान बरामद गरी जनकपुर भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि पठाएको छ ।

https://ujyaalonepalnews.com/archives/22066

Previous articleसुनिल स्मृति गाउँपालिकाको बजेट ५५ करोड ९४ लाख ११ हजार
Next articleपर्वतका स्थानीय तहको बजेट: कृषि क्षेत्र प्राथमिकतामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।