सल्यानका किसानलाई आधुनिक कृषि यन्त्र वितरण

सल्यान । आधुनिक खेतीतर्फ किसानलाई आकर्षण गर्न सल्यानका किसानलाई आधुनिक कृषि यन्त्र वितरण गरिएको छ । जोत्नका लागि पावर तथा मिनी टेलर, डिजिटल तराजु, ठेला, थ्रेसर, लगायतका कृषिजन्य यन्त्र किसानलाई वितरण गरिएको हो । 

परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने लक्ष्यका साथ औजार वितरण  गरिएको शारदा नगरपालिका कृषि शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । शारदा नगरपालिकाको ५० प्रतिशत अनुदानमा वडा न ८ का ७० किसानलाई कृषि यन्त्र वितरण गरिएको उहाँको भनाई छ । 

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत लागतमा कुमाख गाउँपालिकामा धान गहुँ थ्रेसर वितरण गरिएको छ । क्षेत्र विस्तार योजना अन्तर्गत थ्रेसर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यालय रागेचौरका इन्चार्ज हेमन्त रावतले जानकारी दिनुभयो । 

थोरै समय र लागतमा मिनी टेलरको माध्यमबाट खेतबारी खनजोत गर्न सकिने भएपछि निकै सहज भएको किसान मानबहादुर कुँवरले बताउनुभयो । 

https://ujyaalonepalnews.com/archives/22162

Previous article११ महिनामा १६ अर्ब बढीको फलफूल आयात
Next articleचितवनमा छोराले खुर्पा प्रहार गर्दा आमाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।