चितवनमा छोराले खुर्पा प्रहार गर्दा आमाको मृत्यु

चितवन । चितवनमा छोराको धारिलो हतियार प्रहारबाट आमाको मृत्यु भएको छ। माडी नगरपालिका वडा नं. ६ स्याउलीबास निवासी ३७ बर्षका अर्जुन तामाङले धारिलो हतियारप्रहार गरी आफ्नै आमा ५५ बर्षकी मायादेवी तामाङको हत्या गरेका हुन् ।

घरनजिकैको मकैबारीमा तामाङको घाँटी करीब छिनेको र घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन। मायादेवीलाई मकैबारीमा लगेर छोराले हत्या गरेको प्रहरीले समेत जानकारी दिएको छ । घटना आज (सोमबार) ३ः १५ बजेको हो । आमाको हत्या गर्ने अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/22164

Previous articleसल्यानका किसानलाई आधुनिक कृषि यन्त्र वितरण
Next article७९ वर्षीय डिल्लीराम रिजाल कृषिमा रमाउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।