ढुंगासहितको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- वर्षासँगै ढुंगासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अवरुद्ध भएको छ।

गएरातिदेखि परेको वर्षाका कारण सो राजमार्गको सिद्धबाबा, दोभान क्षेत्र तथा पानीमिलमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । अहिले पनि ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तर वर्षा भएका कारण पानी नरोकिदासम्म पहिरो पन्छाउन नसकिने अवस्था रहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी रवि शाहले बताउनुभयो ।

अहिले सो राजमार्ग भएर तराईका जिल्ला हुँदै राजधानी जाने पाल्पा हुँदै पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु बाटोमै अलपत्र छन् । पहाडबाट ढुंगा खस्ने समस्या भएको हुँदा यात्रुहरु पैदलसमेत हिँड्न सक्ने अवस्था नरहेको यात्रुहरुको भनाई छ।

https://ujyaalonepalnews.com/archives/22182

Previous articleवर्षाले राहत, मल अभावले निराश
Next articleकोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।