तनहुँमा २० प्रतिशत मात्रै रोपाई सकियो

तनहुँ । तनहुँमा २० प्रतिशत रोपाई सकिएको छ । 

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीका अनुसार १५ असार सम्ममा जिल्लामा करिब २० प्रतिशतसम्म रोपाई सकिएको हो ।

मनसुन छिट्टै भित्रिदा र प्रशस्त पानीको सुविधा हुँदा पनि यस वर्ष तनहुँमा रोपाई चाँडै सुरु सकेन । मल अभाव हुँदा धेरै रोपाइँ गर्न नसकेको व्यास–११ का किसान सुजन दरै बताउनुहुन्छ ।

तनहुँका ठूला फाँट सत्र सय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाट लगायतका स्थानमा रोपाई भइरहेको केन्द्रले जनाएको छ ।

यहाँका किसानले राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर लगायतका धान लगाउँदै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा ११ हजार ५ सय हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ ।

गत वर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

खेत रोप्ने समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीमा अहिले पोटास मल मात्रै रहेको छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको छ ।

किसानको माग भएको मल दिन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/22379

Previous articleबाघले आक्रमणबाट एक महिला घाइते
Next articleपातारासीको बागजाले पाटनमा ठुलो चट्यांङः ८० भेडा मरे, ३ सय बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।