गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता : रासायनिक मल छिटो उपलब्ध गराउन सहजीकरणको आग्रह

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग भेटवार्ता गर्नुभएको हो । गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । राजदुत श्रीवास्तवले आफूले पहल कदमी लिने बताउनु भयो । भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/22445

Previous articleमधेस प्रदेशमा पुन : ‘छोरी शिक्षा बीमा’ सुरु
Next articleतिनाउमा भारतीय युवकको शव फेला, एक बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।