Home Uncategorized माओवादीको केन्द्रीय समिति बैठक स्थगित, बुधबार बस्ने

माओवादीको केन्द्रीय समिति बैठक स्थगित, बुधबार बस्ने

काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।

नेताहरुले थप होमवर्क गर्नुपर्ने भयो । स्थायी कमिटी, पोलिट्ब्युरो र पदाधिकारी चयनलगायतका विषय छन् उहाँले बताउनुभयो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि जारी बैठक आज बिहान ११ बजे बस्ने जनाए पनि सो बैठक स्थगित भएको हो ।

https://ujyaalonepalnews.com/archives/22511

Previous articleपोखरा नगर विकासद्वारा सार्वजनिक जमिन संरक्षण सुरु
Next articleचट्याङ लागेर प्युठानमा दुई जनाको मृत्यु, नौ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।