त्रिशूलीमा बगाएको एक सातापछि भेटियो महिलाको शव

नुवाकोट- त्रिशूली नदीले बगाएको एक सातामा नुवाकोटको डोडेनीकी एक महिलाको शव फेला परेको छ ।

त्रिशूलीले बगाउँदै गरेका आफ्ना छोरालाई उद्धार गर्न जाँदा महिलासमेत नदीले बगाएर यही असार १८ गते शनिवारदेखि वेपत्ता भएकी थिइन् ।

बिदुर नगरपालिका ३ ढोडेनीको पुर्णलाल श्रेष्ठका छोरा ७ वर्षिय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा त्रिशूली नदीले बगाएको थियो ।

छोरालाई बगाएपछि उद्धारका लागि छोरालाई बचाउन गएकी ३२ वर्षिया सन्जिता भन्ने मोतिमाया श्रेष्ठलाई समेत नदीले सिर्खाली भन्ने स्थानबाट बगाई बेपत्ता भएकोमा महिलाको शव शनिवार फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हराइरहेका उनका छोरा युनिक श्रेष्ठको अवस्था अझै अज्ञात रहेको छ ।-

https://ujyaalonepalnews.com/archives/22678

Previous articleएकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे
Next articleफोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।