धनकुटा नगरपालिकाको कुल बजेट ६४ करोड ४० लाख 

धनकुटा । स्थानीय तह निर्वाचन, २०७९ बाट गठित धनकुटा नगरपालिका नगरसभाको पहिलो बैठकले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख चिन्तन तामाङले नगरसभाको पहिलो बैठकमा वार्षिक नीति, तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ भने उप–प्रमुख भीमादेवी खनालले आर्थिक वर्ष ०७९/०८० को लागि ६४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै अनुमानित आय–व्यय प्रस्तुत गर्नुभएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ७४ करोड ५६ लाख २५ हजार ८ सय रुपैयाँ बजेट विनियोजन भएको थियो । 

कुल बजेटको आय तर्फ आन्तरिक राजश्वबाट ३ करोड ३१ लाख, घरजग्गा रजिष्ट्रेसनबाट ७० लाख, मुल्यअभिवृद्धि करबाट १० करोड १४ लाख ८४ हजार, सवारी साधन करबाट ८१ लाख २४ हजार, संघीय सरकारको सशर्त अनुदान ३१ करोड १८ लाख, संघीय सरकारको समानीकरण अनुदान १४ करोड ७६ लाख, संघीय सरकार समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदान ५८ लाख ३७ हजार, प्रदेश सरकार समपूरक अनुदान पुँजीगत १ करोड र प्रदेश सरकार समानीकरण अनुदान ८० लाख ४० हजार गरी जम्मा ६४ करोड ४० लाख, ६५ हजार रहेको छ । 

त्यसैगरी व्यय तर्फ साधारण खर्च १६ करोड १२ लाख १७ हजार ७ सय २०, समपूरक अनुदान र अन्य साझेदारी ४ करोड ३१ लाख, ९ हजार, भुक्तानी दायित्व १ करोड ३ लाख, ९३ हजार, थप अनिवार्य दायित्व १ करोड २१ लाख, ४५ हजार, सङ्घीय सरकार सशर्त अनुदान चालु ३१ करोड १८ लाख, संघीय सरकार समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदान ५८ लाख, समपूरक अनुदान १ करोड, वडा स्तरीय बजेट तथा कार्यक्रमको लागी ५ करोड ९० लाख, नगर स्तरीय बजेट तथा कार्यक्रमको लागी १ करोड ९५ लाख ६३ हजार २ सय ८० रुपैयाँ सहित जम्मा ६४ करोड ४० लाख ६५ हजार रहेको छ । 

https://ujyaalonepalnews.com/archives/22712

Previous articleचितवनमा ड्राईभर झुक्किदाँ बस मर्मत गर्न गाडी मुनि छिरेका सहचालकको चेपिएर मृत्यु
Next articleमधेश प्रदेशको कृषि : १२ चुनौती, आठ सम्भावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।