प्रचण्डले आपत खेलाएपछि ओली नीतिः नेता भेट्ने, फकाउने !

काठमाडौं– पार्टीभित्र प्रचण्डको उपस्थिती बलियो हुने देखेपछि प्रधानमन्त्री केपी ओली यतिबेला पूर्वएमाले नेता फकाउने रणनीतिमा लागेका छन् । त्यसका लागि उनले एक्लाएक्लै भेट गर्न थालेका छन् । खासगरी केही समयअघि भैंसेपाटीस्थित वामदेव गौतम निवासमा भएको बहुमत केन्द्रीय सचिवालय सदस्यहरूको भेलापछि ओली झस्केका छन् ।

हुन त त्यसअघि नै ओलीले आफूसँग असन्तुष्ट नेताहरूलाई फकाउन ‘वान इन वान’ भेटवार्ता गर्न थालेका छन् । यसैक्रममा ओली र नेता माधवकुमार नेपालबीच सोमबार चार घन्टा लामो गोप्य संवाद भएको छ । दुवैबीच पार्टी एकतादेखि नै सम्बन्ध राम्रो थिएन । यसअघि पनि भदौमा ओली र नेपालबीच चार घन्टा कुराकानी भएको थियो । त्यसपछि दुवैबीच सम्बन्धमा तिक्तता आएको थियो ।

त्यसपछि ओलीले वरिष्ठ नेता झलनाथ खनालसँग बालुवाटारमा एक्लाएक्लै भेटवार्ता गरेका थिए । ओलीले नेता वामदेव गौतमसँग पनि बालुवाटारमा एक्लाएक्लै कुराकानी गरेका थिए । त्यसबेला नै उनलाई उपाध्यक्ष बनाउने सहमति भएको थियो । पछिल्लो समय गौतम ओलीको त्यति विरोध गर्दैनन् ।

ओली र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि बालुवाटारमा एक्लाएक्लै कुराकानी भएको थियो ।

दरबारमार्गमा खुल्यो चिनियाँ भिसा आवेदन केन्द्र, कसरी लिने सुविधा?

Previous articleपार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल
Next articleविष्णु पौडेलका छोरालाई बालुवाटार घोटालामा कसरी दिइयो छुट ? यस्तो छ भित्रि रहस्य !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।