राससले भिडियो सेवा सञ्चालन गर्ने

काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य (भिडियो) सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो । श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राई र फिल्म क्रिउ नेपालका बजार प्रबन्धक मनिष प्रसाईंले हस्ताक्षर गर्नुभयो ।

नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलहरुसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोध बमोजिम सञ्चालन हुन लागेको रासस भिजुअल सेवा रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण हुनेछ । विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित राससमा हाल नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरु, तस्बीर र अडियो सेवा सञ्चालित छ ।

https://ujyaalonepalnews.com/archives/22831

Previous articleविपद्ले क्षतिग्रस्त पालिकालाई प्रदेशबाट बजेट थप
Next articleवर्तमान सरकारको एक वर्ष : बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।