Home Uncategorized गर्भवती महिलालाई बलात्कार गर्ने युवक पक्राउ

गर्भवती महिलालाई बलात्कार गर्ने युवक पक्राउ

पर्सा- घरमा कोहि नभएको मौका छोपी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक २० वर्षीय युवकलाई पक्राउ गरी सर्वजनिक गरेको छ ।

नातामा आफ्नै कार्की पर्ने पाँच महिनाकी गर्भवती २४ वर्षीय महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत बिहिवार बेलुका घरमा कोही नभएको मौका छोपी युवक महिलाको कोठामा प्रवेश गरी सलले मुख थुनेर बलात्कार गरेको निजका श्रीमानले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायक उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

उहाँले रोजगारीका सिलसिलामा भारतमा रहेका श्रीमान घटना बारे जानकारी पाई घर फर्किएको र असार २७ गते प्रहरीमा उजुरी दर्ता गराएपछि सोही दिन अभियुक्तलाई निजको घरबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएका युवकलाई जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/22848

Previous articleआदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रम देउवा
Next article६१ प्रतिशत मात्र खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।