६१ प्रतिशत मात्र खर्च

बागमती। बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा रु १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आवमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सबैभन्दा बढी ८८.६१ प्रतिशत खर्च गरेको छ । निर्देशनालयका लागि चालु आवमा रु ५५ करोड ७९ लाख विनियोजन गरेकामा रु ४९ करोड ४४ लाख खर्च भएको छ ।

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलान्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ ।

यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७ करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ । सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ पुल निर्माण भइसकेका छन् । हाल ३० पुल निर्माणाधीन अवस्थामा छन् ।

https://ujyaalonepalnews.com/archives/22849

Previous articleगर्भवती महिलालाई बलात्कार गर्ने युवक पक्राउ
Next articleडेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्रे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।