नारायणगढमा २२ वर्षीया युवतीलाई यौनकर्मीमा लगाउने गेष्टहाउस सञ्चालिका पक्राउ

चितवन, ३ साउन । चितवनमा मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले भरतपुर महानगर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ-५ घर भएकी ४० वर्षिया कल्पना महरालाई पक्राउ गरेको हो ।

कल्पनाले २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक कार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसार पसारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

महरामाथि चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

https://ujyaalonepalnews.com/archives/23334

Previous articleकुवेतमा पहिलोपटक नेपाली वायुसेवा, हिमालयले थाल्यो उडान
Next articleबाबुसँग प्रेमको नाटक गरेर फिरौतीको लागी छोरी अपहरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।