चितवनमा ह’त्याहिं’सा बढ्यो, अचानोले हानेर श्रीमानको ह’त्या

उज्यालो नेपाल, साउन २४- चितवनमा एक महिलाले श्रीमानको ह’त्या गरेकी छन् । अचानोले टाउकोमा प्रहार गरि भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर बस्ने ५४ वर्षिया बिनामाया बि.क ले ५६ वर्षिय श्रीमान् टिकाराम बि.क को ह’त्या गरेको प्रहरीले जानकारी दिएको छ । हिजो साउन २३ गते विहान घरायसी झ’गडाको क्रममा श्रीमतीले अचानोले टाउकोमा प्रहार गर्दा टिकारामको ज्यान गएको हो ।

अचानो प्रहार बाट घा’ईते भएका टिकाराम आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ढोकाको चुकुल फुटाई हेर्दा मृ’तक टीकाराम खुट्टाले भुईंमा टेकी टाउको र जिउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र निजको तालुको भागमा काटेको चोटबाट अत्यधिक रक्त’श्राव भई सिरानीमा र’गत जमेको अवस्थामा रहेको फेला पारेको हो ।

मृत’ककी श्रीमती बिनमायालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान जारी रहेको र घट’नास्थल तथा ला’स जाँच मुचुल्का सम्पन्न गरी मृत’कको लास पोष्ट मार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको जिप्रकाका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

यो पनि: चितवनमा थप २५ जनामा कोरोना पुष्टि

चितवन ,२४ साउन – चितवनमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाभर ९१ जनामा परीक्षण गर्दा २५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ७० पिसिआर परीक्षणबाट १७ तथा २१ एन्टिजेनबाट आठ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या एक सय ८ पुगेको छ । उनीहरु मध्ये एक एक सय २ जना होम आइसोलेसनमा छन् भने ६ जना अस्पतालमा रहेका छन् । उता सोही अवधिमा पाँच जना निको भएका छन् ।

 

 

https://ujyaalonepalnews.com/archives/23723

Previous articleकांग्रेसले एमालेसँग एक्लै भिड्ने हिम्मत राखेन : प्रदीप ज्ञवाली
Next articleपूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवनमा रिङरोड निर्माण सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।