चितवन, साउन २७ । सौराहामा हात्ती दिवस मनाइएको छ । हात्तीलाई मनपर्ने खाना दिएर संरक्षणकर्मीहरुले ११ औं अन्तर्राष्ट्रिय हात्ती दिवस मनाएका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा हात्तीलाई वनभोज खुवाइएको हो । अगस्ट १२ मा अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइन्छ ।
सौराहामा निजी स्तरमा सञ्चालित, सरकारी, राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाका गरी ५५ वटा हात्तीलाई वनभोज खुवाइएको युनाइटेडका उपाध्यक्ष नगेन्द्र चापागाईले बताए । हात्तीलाई, धान, मकै, चना, भेली, उँखु, केरा, स्याउ, फर्सि, गाजर, खरभुजा आदि पौष्टिक आहार खुवाईको छ ।
कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती दिवस २०१२ सालदेखि मनाउन थालिएको बताए । प्राकृतिक तथा सांस्कृतिक रूपले महत्त्व दिइने हात्तीको अस्तित्व संकटमा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । दुर्लभ वन्यजन्तु एकसिंगै गैंडा, बाघ संरक्षण गरेजस्तै हात्ती संरक्षण गर्नुपर्नेका जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत हरिभद्रा आचार्यले अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइरहँदा संरक्षणकर्मीले हात्तीको संरक्षणमा चासो देखाउनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता सुचना केन्द्रका अध्यक्ष डा. बाबुराम लामिछानेले हात्ती विनाको पर्यापर्यटनमा परिकल्पना गर्न नसकिने बताए ।
कार्यक्रममा वागमती प्रदेश सांसद भावना सुवेदी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख सरदमणी पौडेल, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरे, क्षेत्रिय होटलसंघ सौराहाका अध्यक्ष दिपक भट्टराई, वडा नं. ६ का वडा अध्यक्ष किरण महतो, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे लगाएतले मन्तव्य राखेका थिए । नेपालमा १६० को हाराहारीमा जंगली र घरपालुवा हात्ती छन् । सौराहा क्षेत्रमा मात्र सरकारी र निजी गरी ८४ वटा हात्ती छन् ।
https://ujyaalonepalnews.com/archives/23766


