श्रीमानले अति नै शंका गरेपछि गीताले दुई छोराछोरी सहित संसार त्याग्ने निर्णय गरिन्

बझांग- करिब ६ वर्षअघि बझाङको बुंगल नगरपालिका–९ रारुका पुष्कर पार्की र वित्थडचिर गाउँपालिका बिरकुल्लाकी गीता पार्कीबीच विवाह भयो। भारतमा काम गर्ने पुष्करले प्रेम सम्बन्धमा रहेकी गीतासँग भागेर विवाह गरेका थिए। त्यसपछि पुष्कर र गीताको परिवारले उनीहरुको विवाहलाई स्वीकारे। सवारी चालक रहेका पुष्कर भारतमा काम गर्थे। विवाह पछि उनी भारत आवतजावत गरिरहन्थे।

घरखर्च चलाउन उनी खेतीपाती सकेर भारत जान्थे र खेतीपातीको समयमा घर फर्किन्थे। पुष्करको ४ जनाको परिवार थियो– आफू, श्रीमती गीता, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित। उनीहरुको घर राम्रै चलिरहेको थियो, २०७८ साल साउन १९ गतेसम्म। पुष्कर भारतमा रहेका बेला उनकी श्रीमती गीता गत साउन १९ गते जब’रजस्ती क’रणीको सिकार बनिन्।

पुष्करका दाइ नाता पर्ने गणेश पार्कीका अनुसार झलक नेपालीलाई पुष्करले घर बनाएर आफ्नै जमीनमा बस्न दिएका थिए। नेपाली सिलाइ कटाइको काम गर्थे। उनले पुष्करकी श्रीमतीमाथि गिद्दे नजर लगाए। गत साउन १९ गते राति म’दिरा सेवन गरेर गीतामाथि झलकले घरमै जब’रजस्ती क’रणी गरेका थिए।

‘त्यो घटनापछि गाउँलेहरु मिलेर झलकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थियौँ,’ गणेशले भने, ‘यो घटनापछि पुष्कर र गीताको सम्बन्ध पुरानो जस्तो थिएन।’ जबर’जस्ती कर’णीको आरोप लागेका नेपाली अहिले पुर्पक्षका लागि बझाङ कारागारमा छन्। जब”रजस्ती करणीको घटना भएपछि पुष्करको परिवारमा खटपट पर्ने गरेको थियो।

‘घटनापछि पुष्करको अवस्था अगाडि जस्तो थिएन, टोलाइ रहन्थ्यो, म’दिरा सेवन गर्ने गर्थ्यो,’ उनले भने, ‘परिवारमा पनि मेल थिएन, श्रीमतीसँग भनाभन भइरहन्थ्यो।’ कर’णीको घटनापछि गीता पनि मान’सिक रुपमा वि’क्षिप्त बनेकी थिइन्। एक हप्ताअघि भारतको पिढौरागढबाट पुष्करले श्रीमती गीतालाई फोन गरे। तर मोबाइल व्यस्त भएपछि पुष्कर उनीसँग झर्किए। पुष्करले श्रीमतीमाथि चरि’त्रको प्रश्न उठाउँथे। त्यसले गर्दा परिवारमा मेल थिएन।

पुष्करले श्रीमती गीताको अनै’तिक सम्बन्धको आशंका गर्ने गरेको र यसले गर्दा उनीहरुबीच खटपट हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। गत मंगलबार पुष्कर पिढौरागढबाट घर फर्किए। मदि’रा सेवन गरेर मध्यराति घरमा पुगेका पुष्कर र गीताबीच भनाभन भएको थियो। उनीहरुबीचको वि’वाद बढेपछि राति १२ बजेपछि गीताले छोराछोरी सहित आ’त्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘घटना प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानले आ’त्महत्या नै देखाएको छ, मृतकको पोष्टमार्टम गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले भने, ‘पोष्टमार्टम रिपोर्टले पनि घटनाको बारेमा विस्तृत खुल्छ।’ खाना खाँदा भनाभन भएपछि आफू सुतेको र बिहान श्रीमती, बालबच्चा घरमा नहुँदा खोजी गर्दा झु’ण्डिएको देखेको पुष्करको दाबी छ।

‘बेला बेलामा फोन गरेर पुष्करले श्रीमतीलाई छोराछोरीको हेरविचार गर्नू भनेका थिए। मोबाइल व्यस्त किन थियो? भनेर राति भनाभन भएको रहेछ,’ पुष्करका दाइ गणेशले भने, ‘अगाडिको जस्तै घटना होला भनेर सजग गराउँथे, प्रेम गरेर ल्याएको श्रीमतीलाई कहिल्यै कुटेको छैन भनेर भाइले भन्ने गरेको थियो।’ मृतक गीताका माइती पक्षले श्रीमान् पुष्करविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा आ’त्महत्या दुरुत्साहनमा जा’हेरी दिएका छन्। अहिले उनी प्रहरीको नियन्त्रणमा रहेका छन्।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि परिचालन भएको छ।

https://ujyaalonepalnews.com/archives/23782

Previous articleचोरीको झुटो आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा
Next articleश्रीमान्–श्रीमती मिलेर सोझा युवा फसाउँदै पैसाको बार्गेनिंग गर्ने दम्पती धरौटीमा छुटे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।