रेडियो अर्पणमा तिज विशेष कार्यक्रम हुँदै

चितवन, भदौ ११ । पूर्वी चितवनको रत्ननगर– १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेघाहर्जले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यसवर्ष पनि वृहत तीज उत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियो अर्पणको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा रत्ननगर– १ सौराहाचोकमा “सुकुल गार्डेन मार्ट अर्पण तीज उत्सव २०७९” कार्यक्रम हुने भएकोछ ।

श्रोताको चाहना र भावना अनुसार अगाडी बढ्दै आएको रेडियो अर्पणले यही भदौ १४ गते मंगलवार पर्न गएको हरितालिका तीजको अवसरमा तीज उत्सव कार्यक्रम आयोजना गर्न लागेको हो । सुचना, संचार र मनोरञ्जनको क्षेत्रमा सधैं अग्रस्थानमा रहन सफल रेडियोले धर्म संस्कृती र परम्पराको संरक्षण गर्न यसरी नियमित रुपमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रतियोगिताले संस्कृतीको संरक्षणका साथै आमा, दिदी, बहिनीहरुलाई प्रतिष्पर्धामा अगाढी बढ्न सहयोग पुग्ने आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो । रेडियोलाई माईतीको आँगनी सम्झेर सहभागी हुन समेत सवै दिदी बहिनीहरुमा आग्रह गरिएको रेडियोका अध्यक्ष मेघनाथ पौडेलले बताए । यही भदौ १२ गते सम्म रेडियो अर्पणमै आएर समुहहरुले निशुल्क नाम दर्ता गर्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

संस्कृति संरक्षण र जगेर्ना गर्न कार्यक्रमको मुख्य उद्धेश्य रहेको रेडियोका सचिव तथा सहकारीका उपाध्यक्ष सुरज पौडेलले जानकारी दिए । प्रतियोगितामा एक समुहमा कम्तीमा सात जना रहनुपर्ने कार्यक्रम संयोजक संजय दुवाडीले जानकारी दिए । कार्यक्रममा २० वटा भन्दा बढी समुहको सहभागिता रहने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने समुहलाई २० हजार ५ सय ५५ रुपैँया सहित प्रमाण पत्र वितरण गरिने रेडियोले जनाएको छ । यस्तै दोस्रो हुनेलाई १२ हजार ५ सय ५५ रुपैँया, तेस्रो हुने महिला समुहलाई ५ हजार ५ सय ५५ रुपैँया, सान्त्वना हुने समुहलाई ३ हजार ३ सय ५५ रुपैँया र उत्कृष्ट नृत्य समुहलाई १ हजार ५ सय ५५ रुपैँया पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको रेडियो अर्पण १०४.५ मेघाहर्जबाट प्रत्यक्ष प्रशारण गरिने छ । तीज उत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु कृष्ण रेउले र रिता राउत लगायत अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

https://ujyaalonepalnews.com/archives/24076

Previous articleकाठमाडौँका १८ मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन : नेता बस्नेत
Next articleसामुदायिक विद्यालयमा कर्मचारीको राजनीति,आजदेखि चितवनका विद्यालय एक साता बन्द आव्हान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।