नारायणगढमा बिमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न

भदौ १६ भरतपुर- उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आज एक दिवसिय बिमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । संघमा आवद्व व्यवसायीहरुलाई निर्जिबन बिमा एवं व्यवसायीक बिमा सम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीहरुलाई बिमाका जानकारी हुन आवश्यक रहेको बताउदै व्यवसाय गर्दा प्रत्येक व्यवसायीले आर्थिक जोखीम मोलीरहेको हुने र यस्ता जोखिमहरुलाई न्यूनिकरण गर्न बिमाले महत्वपुर्ण भूमिका खेल्ने बताए । अध्यक्ष श्रेष्ठले भविष्यमा पर्न सक्ने भवितव्यका बारेमा कसैलाई जानकारी नहुने हुँदा व्यवसायीहरुले भविष्यको अनिश्चितता न्यूनीकरणका लागि व्यवसायीक सम्पत्तिको सुरक्षा गर्न बिमा गर्नुपर्ने बताए ।

बिमा सचेतना कार्यक्रमका प्रमुख प्रशिक्षक सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडका सहायक महाप्रवन्धक नवराज पराजुलीले बिमाको परिचय, बिमा गर्दा आवश्यक पर्ने कागजात, बिमाका प्रकार, बिमाले रक्षावरण गर्ने क्षेत्रहरु साथै बिमा सम्बन्धी विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडका बागमती, गण्डकी प्रदेश प्रमुख माधव रेग्मीले बिमा सम्बन्धी सचेतना एवं अभिमुखिकरण कार्यक्रममा सहयोगीको रुपमा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडलाई अवसर दिएकोमा उद्योग वाणिज्य संघ–चितवनलाई आभार ब्यक्त गरे ।

कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका सदस्य, एवं उद्यमीव्यवसायीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा ७५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, शिरिष पन्त, संघका कार्यकारी निर्देशक निलबहादुर के.सी लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु,विभिन्न कार्यगत समितिका सदस्य एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताउंदै व्यवसायीहरुले आर्थिक जोखिमलाई न्यूनिकरण गर्न बिमा गर्नुपर्ने बताए । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ष्ठको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

 

 

https://ujyaalonepalnews.com/archives/24177

Previous articleएक वर्षमा चार अर्बको सारी, धोती र लुङ्गी विदेशबाट भित्रियो
Next articleभाइ, बुहारी र भतिज मा’रेका नगरबहादुरले अप’राध स्वीकारे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।