भाइ, बुहारी र भतिज मा’रेका नगरबहादुरले अप’राध स्वीकारे

अघिल्लो दिन आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको ह’त्या गर्ने अभियुक्त नगरबहादुर बस्नेतले आ’रोप स्वीकारेका छन्। घरदेखि खेतमा जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १३ वर्षीय भतिज सुजनलाई कत्लेआम गर्ने ४३ वर्षीय बस्नेतले प्रारम्भमै हत्या स्वीकारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका ७ मैनामैनीको गोवाटारस्थित बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गइरहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका हुन्। धारिलो ह’तियार खुकुरी भिरेका नरबहादुरले भाइ राजकुमारलाई बाटैमा छप्का’एर ढा’लेपछि खेत पुगिसकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर ह’त्या गरेको स्वीकारेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालका अनुसार एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार विहान ११ः०० बजेको घट्नाबारे ३÷४ घण्टासम्म कसैलाई जानकारी थिएन। ह’त्या गरेर त्यहाँबाट हिँडेका उनको खोजी ३ः०० बजे मात्र स्थानीयमार्फत प्रहरीलाई जानकारी गराएपछि मात्र सुरु भएको हो। कसैले नदेखेको हुनाले निर्धक्क घट्ना घटाएर हिँडेका बस्नेतलाई बेलका ६ को बरबोटेस्थित मदन भण्डारी लोकमार्गमा सडकैसडक हिँडिरहेको अवस्थामा साँझ ५ः३० बजे पक्राउ गरेको फुयाँलले बताए।

‘घट्नास्थल एकान्त ठाउँ रहेछ, तयसैले ह’त्याबारे हामीलाई ३ घण्टापछि मात्र थाहा भयो’ एसपी फुयाँलले भने ‘खबर आएलगत्तै हामीले चारैतिर प्रहरी परिचालन गरे खोजी गर्दा ६ नं. वडाको बरबोटेमा सडकैसडक पैदल हिँडिरहेको अवस्थामा भेटेर समात्यौँ।’ बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट निरीक्षक कमाण्डमा र जिल्ला प्रहरीबाट डिएसपी कमाण्डको टोली घट्नास्थल खटाएर खोजी गर्दा उनलाई पक्राउ गर्न सफल भएको उनले बताए। पक्राउ पर्दा पनि बस्नेत र’गत सुक्दै गरेको खुकुरी भिरेको अवस्थामा थिए।

प्रहरी नियन्त्रणलगत्तै प्रारम्भिक अनुसन्धानकै क्रममा उनले भाइ–बुहारी र भतिजको ह’त्या गरेको स्वीकारी बयान दिएका हुन्। घट्ना शुक्रबार भएको र शनिबार बिदा परेकाले आइतबार कार्यालय खुलेको पहिलो प्रहरमै उनलाई म्याद थपेर अनुसन्धान थाल्ने तयारी प्रहरीको छ। म्याद थपेपछि पत्रकार सम्मेलन गरी अप’राधीलाई सार्वजनिक गर्ने एसपी फुयाँलले बताएका छन्।

https://ujyaalonepalnews.com/archives/24183

Previous articleनारायणगढमा बिमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न
Next articleएमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धनको वैशाखी : उपाध्यक्ष पौडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।