Home Uncategorized विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि…

विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि…

उज्यालो नेपाल- यो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा पक्राउ परेका सुरक्षा गार्डको प्रसङ्ग निकै चर्चित भयो । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि चर्को विरोध पछी मन्त्री पछी हटे, अनि गुरुङ रिहा भए । यो घटनाले शासक वर्गले गरिखाने वर्ग माथि कस्तो व्यवहार गर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको छ । मन्त्री भए पनि लाईनमा बस्नुस् भनेकै आधारमा सुरक्षागार्डलाई प्रहरी लगाएर थुन्नु मन्त्रीको निकै ठुलो भुल थियो,गार्ड रिहा भए संगै अब त्यो भुल सुधारिएको छ ।

यहि प्रसंगमा धेरै व्यक्तिले यस्तै किसिमका धेरै घटनाकोप प्रसङ्ग निकाले । राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा’ शिर्षकको लेख पनि यो साता निकै चर्चित बन्यो । उक्त लेख तपाईले यँहा क्लिक गरि पढ्न सक्नुहुनेछ । चर्चित रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले पनि यस्तै किसिमको एक घटनाको प्रसङ्ग उल्लेख गरेका छन् । यो लेख तपाई उज्यालो नेपालमा पढ्दै हुनुहुन्छ । फेसबुकमा एक पोष्ट लेख्दै घिमिरेले ‘विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि’ को एउटा रमाईलो घटना सार्वजनिक गरेका हुन् । राती आफ्नै उद्योगमा पुगेका चौधरी र गार्डको संवाद घिमिरेले यसरी प्रस्तुत गरेका छन् ।

नवलपरासीमा रहेको आफ्नै उद्योगमा राती  बजे पुगेका विनोद चौधरीले गार्डलाई गेट खोल्न आग्रह गरे । तर फ्याक्ट्रीको सुरक्षामा बसेका सुरक्षा गार्डले रातको समयमा कसैलाई पनि प्रवेशको अनुमती नभएको भन्दै गेट खोल्न मानेनन् । ‘यति राती तपाईं त के बिनोद चौधरी नै आए पनि गेट खोल्दिन मैले’ भन्दै गार्डले जवाफ दिए । चौधरीले आफु बिनोद चौधरी नै भएको बताउँदा पनि गार्डले गेट खोलेनन् र चौधरी नजिकैको होटलमा गएर सुते ।

केही दिनपछि काठमाडौंको चौधरी ग्रुप केन्द्रीय कार्यालयमा त्यो गार्डलाई उपस्थित गराइयो । बिनोद चौधरीले प्रश्न गरे, ‘तिमीले त्यस दिन मलाई किन गेट नखोलेको ? म आफैं बिनोद चौधरी हो भनेपछि खोल्नु पर्दैन ? पत्यार लागेन तिमीलाई म आएको थिएँ भनेर ? सेक्युरिटी गार्डले जवाफ दिए, ‘हैन, मलाई तपाईं नै हो भन्ने थाहा भएर पनि नखोलेकै हो । कम्पनी तपाईंको भए पनि ड्युटी मेरो थियो त्यस रात । राती आउने व्यक्तिलाई छिर्न नदिनु मेरो कर्तव्य थियो । मैले खोलिन गेट । यसमा मलाई अलिकति पनि पछुतो छैन ।

यो संवादपछि बिनोद चौधरी ती सेक्युरिटी गार्डसँग अत्यन्त प्रभावित भएर उसलाई मनग्गे तलब दिएर काठमाडौंमा आफू बस्ने घरमा सेक्युरिटी राखेको र अहिले पनि ती सेक्युरिटी गार्ड चौधरीकै घरमा छन् र चौधरीका विश्वासपात्र मानिने घिमिरेले उल्लेख गरेका छन् । आफुले पनि यो घटना केहि महिना पहिले नवलपरासी मै सुनेको र घटनाको सत्यताको बारेमा आफु अनविज्ञ रहेको उनले बताएका छन् । अहिले शेरजङ्घ गुरूङको घटना बाहिर आएपछि यो कथा फ्याट्ट दिमागमा आएर बसेको भन्दै घिमिरेले यस्तो लेखेका छन्, “शेरजङ्घ गुरूङजी , तपाईंले त देख्नुभएन तर अहिले मेरो कम्प्युटर स्क्रीनमा तपाईंको तस्वीर हेरेर तपाईंलाई सेल्युट गरेँ मैले !! अब सडकमा दादागिरी देखाएर हिँड्ने, रातो बत्तीलाई मतलब नगर्ने केही थान मन्त्रीका गाडीलाई रोकेर यसैगरी कारबाही गर्न सक्ने केही प्रहरी र ट्राफिकको समाचार पढ्न रहर छ !!”

घिमिरेको फेसबुक पोष्ट 

https://ujyaalonepalnews.com/archives/24266

Previous articleवेस्ट इन्डिजबाट सन्दीपले भनेः म निर्दोष छु, लिग सकिनासाथ नेपाल फर्किन्छु
Next articleबिहे गर्न टिकाटालो गरेका एक जोडीको बिहे गरेर घरजम गर्ने सपना दैवले चुड्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।