२०७९ भदौ २४- काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला प्रदेशसभा निर्वाचनका लागि मुस्लिम संगठनले एक महिला सहित चार पुरुषको नाम समानुपातिक उम्मेदवार तर्फ नाम सिफारिस गरेको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनले निसार उद्दिनलाई संगठनको केन्द्रिय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज दिए लगत्तै काठमाडौं जिल्लामा मुस्लिम समुदाय बाट निर्वाचनमा समानुपातिक नाम सिफारिस भएको हो ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका काठमाडौं जिल्ला ईन्चार्ज उद्दिनले जिल्लामा मुस्लिम समुदाय अल्पसंख्यकको रुपमा रहे पनि पार्टीलाई विजयी बनाउन मुस्लिम संगठनको ठुलो भुमिका रहने र अब मुस्लिम समुदाय काठमाडौं जिल्लाको राजनीतिमा विगत भन्दा सकृय रहने बताए ।

उद्दिनले यो पटक जिल्ला कमिटीले सिफारिस गरेका मध्यबाट नै समानुपातिक उम्मेदवारी सिफारिस गरिदिन र पार्टी लाई सहयोग नगरि नेताको भनसुनको आधारमा उम्मेदवार सिफारिस गर्ने उम्मेदवारको उम्मेदवारी सिफारिस नगरी दिनुहुन पनि पार्टी लाई अनुरोध गरेका छन् । काठमाडौं जिल्ला बाट मुस्लिम समुदायबाट सिफारिस भएका उम्मेदवारहरु ईसरत साह क्षेत्र नम्बर ७ (क),आरिफ खाँ क्षेत्र नम्बर ४ (क), निसार उद्दिन क्षेत्र नम्बर ८ (ख),गैडे मिया क्षेत्र नम्बर ६ (क),सलिम उद्दिन क्षेत्र नम्बर ३ (ख)रहेका छन् ।
https://ujyaalonepalnews.com/archives/24287


