चितवन । चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैँडाको खाग र खुर भेटिएको छैन ।
डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए । उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैँडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ । ( तस्विर सांकेतिक रुपमा प्रयोग गरिएको/ फाईल)
यो पनि पढ्नुहोस्: राजमार्गका १२ ठाँउमा महिलाका लागि गुणस्तरीय शौचालय बनाउने रवि लामिछानेको घोषणा

चितवन, मंसिर १८- चितवन क्षेत्र नम्बर २ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले राजमार्गका १२ वटा ठाउँमा शौचालय निमार्ण बर्ने बताएका छन् । उनले राजमार्गमा यात्रा गर्दा महिलालाई शौचालय नहुँदा पर्ने समस्याको अन्त्यका लागि शौचालय निर्माण गर्ने सामाजिक सञ्चालमार्फत जानकारी दिएका हुन् ।
राजमार्गमा १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरी द्रुत गतिमा काम अगाडि बढेको उनको भनाइ छ ।
https://ujyaalonepalnews.com/archives/25176


