चन्द्रौटा : कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए।
थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ। शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ। व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।
पोस्टर रिलिज गर्दै ‘छड्के २’ले दियो फागुन १९ मै आउने सन्देश

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ निर्धारित मिति फागुन १९ गते नै रिलिज हुने भएको छ । निर्माताले शनिबार नयाँ पोस्टर सार्वजनिक गर्दै आफू पछि नहट्ने सन्देश दिन चाहेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले उक्त मितिमा ‘छक्कापञ्जा ४’लाई मात्र रिलिज गर्ने योजना बनाइरहेको पृष्ठभूमिमा ‘छड्के २’ले पोस्टर रिलिज गरेको हो ।
पोस्टरमा अनमोलसहितका सातजना कलाकार फिचर्ड छन् । यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटी तस्करी र बदलाको कथावस्तुमा निर्माण भएको फिल्ममा अनमोलसहित रविन तामाङको प्रमुख भूमिका छ । निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अनमोलको अपोजिटमा रेशा आले मगरले अभिनय गरेकी छन् । चितवन र मनाङमा छायांकन भएको फिल्म सन् २०१३ को ‘छड्के’को दोस्रो श्रृंखला हो ।
अनलाइनखबरसँग कुरा गर्दै वितरक सुनिल मानन्धरले निर्धारित मितिमै ‘छड्के २’ प्रदर्शन हुने बताए । तर, क्यूएफएक्समा रिलिज हुने वा नहुनेबारे उनले केही बताएनन् ।
https://ujyaalonepalnews.com/archives/25586


