उच्च अदालतमा सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो, के आउला आदेश ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ। बिहीबार यसअघि ३ पटक पेशी चढे पनि सुनवा‍इ हुन नसकेको निवेदनमा सुनुवाइ भएको हो।

उनको निवेदनको सुनुवाइ न्यायाधीश धुव्रराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा लामिछानेका वकिलहरु वरिष्ठ अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ र अधिवक्ता कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्।

जबरजस्ती करण मुद्दामा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाएपछि उनी त्यसका विरुद्ध उच्च अदालत पाटन गएका हुन्। उच्च अदालतले जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेमा उनी अन्तिम फैसला नहुँदासम्म जेलमा नै बस्ने छन्।

अदालतले धरौटी या तारेखमा छोड्ने फैसला गरेमा उनी थुनामुक्त भएर अन्तिम मुद्दा लड्ने छन्। गत कार्तिक १८ गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

https://ujyaalonepalnews.com/archives/25824

Previous articleएनआइसी एसिया बैंकमा रकम जम्मा गर्न अब लाईन बस्न नपर्ने; क्यास डिपोजिट मेसिन सञ्चालनमा
Next articleBreaking… सन्दिप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।