खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार लागि टपटेन प्रतिष्पर्धी छनौट

बागमती प्रादेशिक तथा दोस्रो खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार २०७९ को लागि आज अडिसन भएको छ । अडिसनमा सहभागी २२ वटा समूहमध्यबाट टप टेन छनौट भएको हो ।

८ वटा विद्यालयका १० वटा टोली छनौट भएको महोत्सवको कला तथा सांस्कृतिक संयोजक अर्जुन लम्सालले जानकारी दिए ।

आज छनौट भएका व्यक्ती तथा समुहहरुको माघ ५ गते प्रतिस्पर्धा हुने र त्यसबाट टप फाइभ छनौट गरिने आयोजकले जनाएको छ ।

टप फाइभ मा प्रवेश गरेकाहरुको अन्तिम प्रतिस्पर्धा माघ १३ गते हुने छ । प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुनेलाई नगद, ट्रफी र प्रमाणपत्र दिइने संयोजक लम्सालले बताए

https://ujyaalonepalnews.com/archives/25849

Previous articleभोलिदेखि नारायणी नदीमा ‘पानी जहाज’ सरर
Next articleआज माघे सङ्क्रान्ति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।