काठमाडौं– नाबालिका बला’त्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिइएको छ। तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बला’त्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बला’त्कार मुद्दामा उनलाई सफाइ दिएको हो।
पी’डित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बला’त्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो। पीडित होस्टाइल भएपछि नवलपुर अदालतले पललाई क’रणीको मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दुरुप’योगको मुद्दामा दोषी ठहर गरी सजाय सुनाइएको थियो।
नवलपुर जिल्ला अदालतले भदौ २१ गते फैसला गरेको थियो। पलविरुद्ध ११ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा बला’त्कारको जाहेरी परेको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेपछि उनी थुनामा पुगेका थिए। पी’डित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटलमा पनि बला’त्कार गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो।
मुद्दाको थुनछेक बहसपछि दुवै जिल्ला अदालतबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।
https://ujyaalonepalnews.com/archives/25962


