खैरहनी महोत्सवको तयारी पुरा, भोली उद्घाटन

माघ ३ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको तयारी पुरा भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा हुन लागेको महोत्सवको तयारी पुरा भएको हो ।

पूर्वी चितवनको कृषि,पर्यटन ,व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्ने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको थियो ।

प्रधानमन्त्रीको विषेश कार्यक्रम परेकाले मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन हुने आयोजक उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए ।

महोत्सव खैरहनी २ लदरी खोला किनारमा हुनेछ । उद्घाटन अघि खैरहनी माध्यमिक विद्यालयको प्रांगढबाट विभिन्न झाँकी सहितको शोभा यात्रा निकालिने छ ।

यस पटकको महोत्सवलाई आर्कषणको रुपमा सेल्फी जोन रहेको छ । जहाँ लोपोन्मुख जनावरसहित अन्य जनावरहरुको प्रतिमूर्ती राखिएको छ । महोत्सवमा ३५० वटा स्टलहरु रहनुका साथै महोत्सव अवधिभर करिव ७० करोड बरावरको कारोवार हुने आयोजकको अनुमान छ ।

महोत्सवमा सुचना प्रविधि,हस्तकला प्रर्दशनी,कृषि प्रर्दशनी तथा प्रतियोगिता,क्रेता र विक्रेताबीच अन्र्तक्रिया,स्वास्थ्य शिविर,पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम हुने संघका प्रथम उपाध्यक्ष कुमार खनालले वताए ।

https://ujyaalonepalnews.com/archives/25964

Previous articleBreaking.. तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
Next articleखैरहनी महोत्सव उद्घाटन समारोहमा आफुहरुलाई अपमान गरिएको एकिकृत समाजवादीको गुनासो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।